You are viewing the translated version of सैनिक अदालतका अध्यक्ष एवं सदस्यहरूले लिने शपथको ढाँचा.

Schedule 4
सैनिक अदालतका अध्यक्ष एवं सदस्यहरूले लिने शपथको ढाँचा

(निमम १८ को उपनियम (१) सँग सम्बन्धित)

म. …. …. …. …. …. …. …. ले ईश्वरलाई साक्षी राखी।सत्य निष्ठा पूर्वक यो शपथ लिन्छु कि प्रस्तुत मुद्दाका सम्बन्धमा निष्पक्ष रूपमा सबुद प्रमाणहरू बुझी मुद्दा पुर्पक्ष गरी निर्णय गर्नेछु । कसैप्रति पूर्वाग्रह नराखी कसूरको प्रकृति, अवस्था र परिवेश अनुसार प्रचलित कानून बमोजिम न्याय सम्पादन गर्नेछु । यस मुद्दाको सबुद प्रमाण दिन पर्ने अवस्थामा बाहेक अन्य अवस्थामा यस सैनिक अदालतको अध्यक्ष र कुनै पनि सदस्यले निर्णयका सम्बन्धमा व्यक्त गरेको राय वा मतदानको कुरा अन्यत्र प्रकट गर्ने छैन ।
शपथ गर्नेकोे,–
दस्तखतः
दर्जाः
नाम थरः
मितिः